३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

माओवादीतिर लागेका राजेन्द्र र सीताराम सापकोटालाई थप कारबाहीका लागि सिफारिस

५ भदाै, काठमाडाैँ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले दुई जनालाई कारबाहीका लागि उद्योग व्यवसाय महासंघ समक्ष सिफारिस गरेको छ । एमाले छाडेर माओवादीको अभियानमा लागेपछि संगठनले पर्यटन व्यवसायी समेत रहेका राजेन्द्र सापकोटा र पर्यटन क्षेत्रमा कार्यरत सीताराम सापकोटालाई कारबाहीका लागि महासंघ समक्ष सिफारस गरेका हुन ।

आइतबार संगठनका अध्यक्ष पूर्ण कुँवरले इन्चार्ज सिएन पाण्डे मार्फत पत्र लेख्दै सापकोटाद्धयलाई एमालेबाट हटाउने पक्रिया सुरू गर्न अनुरोध गरेका छन । सापकोटाद्धय एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य समेत हुन । उनीहरूले पर्यटन सम्बन्धी संस्थाहरूमा भएको चुनावमा एमालेका आधारिक उम्मेदवारको विरूद्धमा अभियान चलाउँदै आएका छन ।

यो पनि पढ्नुहोस्

माओवादीतिर लागेपछि राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष सापकोटा कारबाहीमा

राजेन्द्रले हल्लाएका चन्द्र ! दिउँसभर एमालेको भेलामा रातपरेपछि माओवादीको सभामा

टानमा विजयीलाई एमालेको बधाई ज्ञापन, चन्द्र रिजाल पनि पुगे (फोटोफिचर)

टानको निर्वाचनमा भारी मतान्तरले निलहरि बास्तोलाको प्यानल नै विजयी (मतसहित)

एमाले पर्यटन विभागको सचिवमा घनेन्द्र श्रेष्ठ

-नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्ण कुँवर

नेकपा एमालेको पर्यटन विभागले पूर्णता पायो (सदस्यहरूको सूचीसहित)

एमाले निकट असन्तुष्ट पर्यटन व्यवसायीले खोले नयाँ संस्था, सिताराम सापकोटा अध्यक्ष बन्न असफल

भर्खरै सम्पन्न भएको टानको चुनावमा त सापकोटाद्धय नेकपा माओवादीको पक्षमा खुलेर लागेका थिए । सापकोटाद्धयले यसअघि एमालेको पर्यटन संगठन विभाजित नै गरेका थिए । सीताराम सापकोटाले अध्यक्ष हुनका लागि रहर गरे पनि प्रशासनिक रूपमा नमिल्ने भएपछि उनी अध्यक्ष हुनबाट बञ्चित भएका थिए । राजेन्द्र कुनै समय नेकपा माओवादी केन्द्रमा डा बाबुराम भट्टराइसँग लागेका थिए । यद्यपी उनी पछि एमालेमै फर्किएका थिए ।

माओवादी प्रवेशपछि डा बाबुराम भट्टराइ र नेतृ कल्पना धमलासहितसँगै सामूहिक तस्बिर खिचउँदै राजेन्द्र सापकोटासहितका युवाहरू ।

टानको चुनावमा असहयोग गरेर माओवादी क्याम्पमा लागेको भन्दै संगठनका वरिष्ठ उपाध्यक्ष सापकोटालाई यसअघि नै पदमुक्त गरिएको छ । त्यसपछि पनि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, पोलिटब्यूरो सदस्य खेम लोहनी, धादिङ अध्यक्ष भूमि त्रिपाठी लगायतले सापकोटाद्धयलाई माओवादीको पछि नलाग्न अनुरोध गरेका थिए । तर उनीहरूले आफ्नो गतिबिधि छाडेन्न ।

प्रकाशित मिति : August 21, 2022 at 10:19 pm