९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

काठमाडौँमा भूकम्पको धक्का, विवरण आउन बाँकी

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौँ । काठमाडौं उपत्यकामा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान ७ बजेर १८ मिनेटमा काठमाडौंलगायत उपत्यकाका विभिन्न क्षेत्रमा केही समय भूकम्पको धक्का महसुस गरिएको हो । धक्का पूर्वी नेपालमा पनि महशुष भएको उदयपुरबाट पत्रकार रोयल आचार्यले बताएका छन ।  धक्का महसुस भएपछि कतिपय स्थानीयवासी घरबाहिर निस्किएका थिए।

भूकम्पको परिमाण, केन्द्रबिन्दु र गहिराइबारे आधिकारिक विवरण भने आइसकेको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको पछिल्लो सार्वजनिक विवरणमा पनि उक्त समयको भूकम्पसम्बन्धी विवरण अद्यावधिक भएको देखिएको छैन।

भूकम्पबाट कुनै क्षति वा मानवीय हताहती भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन। भूकम्पको थप विवरण प्राप्त हुनासाथ समाचार अपडेट गरिनेछ।

प्रकाशित मिति : November 24, 2026 at 7:24 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/