स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश
७ मंसिर, काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको ५००औँ बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले असार मसान्तसम्म कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश प्रस्ताव गरेको हो। प्रस्तावअनुसार सेयरधनीले ८ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस सेयर प्राप्त गर्नेछन्। त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। यसरी कम्पनीले कुल ८ करोड ७५ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिने छ ।
प्रकाशित मिति : November 23, 2026 at 9:52 am













