८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

‘सिटिजन्स सुपर ५०’ को इकाई खरिदका लागि आवेदन दिने अवधि थप

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटिजन्स सुपर ५० को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ। सो योजनको इकाई खरिदका लागि अब मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अगावै निष्काशन तथा बिक्री बन्द गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो।

सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। यसको अवधि १० वर्षको रहेको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : November 23, 2026 at 9:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/