माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा धादिङका बाबुरामसहित दुई जना पक्राउ
६ मंसिर, काठमाडौं । काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक पार्किङ गरेर राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस हराएको सूचनापछि प्रहरीले खोजी थालेको थियो ।
माइक्रोबस हराएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको गाडी फेला पारेको थियो । सो माइक्रोबस चोरीमा संलग्न भएको आरोपमा प्रहरीले शनिबार स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा छन् । उनीहरूलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : November 22, 2026 at 3:48 pm













