एक वर्षमा थपिए करिब ३८ लाख निक्षेप खाता, कर्जा खाता २० लाख नाघे
६ मंसिर, काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्ने ग्राहकको सङ्ख्या ६ करोड ४३ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८३ असोज मसान्तसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या ६ करोड ४३ लाख ७० हजार ९८ पुगेको छ। त्यस्तै, याे अवधिमा कर्जा खाताको सङ्ख्या २० लाख ५१ हजार ७१० पुगेको छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थामा ६ करोड ५ लाख ९१ हजार ९५५ निक्षेप खाता रहेका थिए। एक वर्षको अवधिमा निक्षेप खाताको सङ्ख्या ३७ लाख ७८ हजारभन्दा बढीले बढेको छ। २०८३ असोज मसान्तसम्म वाणिज्य बैंकमा ६ करोड ३३ लाखभन्दा बढी निक्षेप खाता रहेका छन्। विकास बैंकमा ८९ लाखभन्दा बढी र वित्त कम्पनीमा १० लाखभन्दा बढी निक्षेप खाता रहेका छन्।
त्यस्तै, वाणिज्य बैंकमा १८ लाख ३३ हजारभन्दा बढी कर्जा खाता रहेका छन्। विकास बैंकमा २ लाख ३० हजारभन्दा बढी र वित्त कम्पनीमा ५६ हजारभन्दा बढी कर्जा खाता रहेका छन्।
प्रकाशित मिति : November 22, 2026 at 3:06 pm













