जेनजी आन्दोलनका मुद्दा छानबिन आयोग गठन गर्न अध्यादेश सिफारिस
७ मंसिर, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएको घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग गठन गर्न अध्यादेश जारी गर्ने भएको छ। मन्त्रिपरिषद्ले उक्त आयोग गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
यसअघि बसेको मन्त्रि परिषद्को बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधयादेश जारी गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति : November 23, 2026 at 6:17 pm













