१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नबिल बैंकलाई भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्ड

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौँ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्यूइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेको हो।

काठमाडाैंस्थित मेरियट होटलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका थिए। यसअघि पनि बैंकले यी विधामा अवार्ड प्राप्त गर्दै आएको जनाएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहकको सुविधा र सहजतालाई प्राथमिकतामा राख्दै नवीन प्रविधि तथा सेवाको विकासमा थप प्रोत्साहन मिलेको बताए।

‘यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन हामीलाई थप प्रेरणा दिएको छ,’ ज्ञवालीले भने। भिसा इन्टरनेशनल अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी हो। नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास तथा विस्तारमा सहयोग पुर्‍याउँदै आएको भिसाले हरेक वर्ष ‘भिसा लिडरसिप कन्क्लेभ’ आयोजना गर्दै आएको छ।

चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको नबिल बैंकले नवीन प्रविधिमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको जनाएको छ। बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणाअन्तर्गत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माणमा जोड दिँदै आएको छ। हाल नबिल बैंकले देशभरका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : November 25, 2026 at 5:05 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/