१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौं ।  नेपाली बजारमा लगातार दुई दिन बढेको सुनचाँदीको मूल्यमा आज भने भारी गिरावट आएको छ ।  सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : November 25, 2026 at 11:03 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/