सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
९ मंसिर, काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन बढेको सुनचाँदीको मूल्यमा आज भने भारी गिरावट आएको छ । सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : November 25, 2026 at 11:03 am













