५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्ण कुँवर


१४ साउन, काठमाडौँ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्ण कुँवर चयन भएका छन । शुक्रबार काठमाडौँमा भएको संगठनको तेस्रो राष्ट्रिय अधिवेशनले कुँवरको अध्यक्षतामा १०१ सदस्यी नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट संगठनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा, उपाध्यक्षमा टिकाराम गूरूङ, सुधिर उपाध्याय, केदार शर्मा, सागर अधिकारी, लंक वहादुर शाही, महेश भट्टराई चयन भएको सचिव प्रदिप आचार्यले दैनिकीलाई जानकारी दिए ।

महासचिवमा यमबहादुर खड्का, उपमहासचिवमा श्रिकान्त आचार्य र ङावा ङिमा शेर्पा, सचिवमा प्रदिप आचार्य, दिपक दाहाल, प्रल्हाद लोहोनी, जया वराल र जीवन सापकोटा र कोषाध्यक्षमा लिलाबहादुर लामा चयन भएका छन । अधिवेशनको उद्घाटन सत्रमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, जनसंगठन समन्वय संयन्त्रमा प्रमुख भानु भक्त ढकाल र उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्बु लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार २२:५३