१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतले आइजिपीको पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

 यो आदेशससँगै अब डा.मनोज केसीलाई आईजीपीका रूपमा काम गर्ने बाटो अदालतबाट पनि खुला भएको छ । सरकारले कात्तिक १८ गते मन्त्रिपरिषद्को निर्णयबाट दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाएको थियो। उनको ठाउँमा डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।

प्रकाशित मिति : November 25, 2026 at 5:54 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/