९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

कारोबारसँगै बढ्यो नेप्से, बैंकिङमा आकर्षण

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक  दोहोरो अंकले बढेकाे छ । मंगलबार नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको छ। यस दिन ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको हो ।

यस दिन एभरेष्ट कलरको सेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशत बढेको छ। मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ८ प्रतिशत घटेको छ। यस दिन सोल्टी होटलको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३२ करोड १७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।  १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यसदिन बैंकिङ समूहको सेयर मूल्य सर्वाधिक बढेको छ । आज वाणिज्य बैंकको १.२४ प्रतिशत, विकास बैंकको १.०४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

प्रकाशित मिति : November 24, 2026 at 3:19 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/