एनआईसी एशिया बैंकद्वारा बाजुराको दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग
८ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाजुरा जिल्लाको एक दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग गरेको छ। बैंकले बाजुराको हिमाली गाउँपालिका–७, बाँधुस्थित श्री जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई सहज बनाउने उद्देश्यले विद्यालय पोसाक उपलब्ध गराएको हो।
दुर्गम क्षेत्रमा अवस्थित उक्त विद्यालयमा १२७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। मंसिर ४ गते आयोजित विशेष कार्यक्रममा बैंकको बाजुरा शाखाका शाखा प्रमुख रामबहादुर बुढाले विद्यालयका प्रधानाध्यापक मोहनजंग शाहीलाई विद्यार्थीहरूका लागि पोसाक हस्तान्तरण गरेका थिए।
बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीहरूको पठनपाठनमा सहजता आउनुका साथै गुणस्तरीय शिक्षामा उनीहरूको पहुँच विस्तार गर्न मद्दत पुग्ने विश्वास लिएको छ। एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
प्रकाशित मिति : November 24, 2026 at 3:24 pm













