९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

लाभांश पारित गर्न सोल्टी होटलले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ५२औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको २६६औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाउने निर्णय गरेको हो।

कम्पनीले नगद लाभांशबापत कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी ५२औँ वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन्। कम्पनीले आगामी पुस २१ गते मंगलबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहान १० बजे वार्षिक साधारणसभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर ३० गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्।

प्रकाशित मिति : November 24, 2026 at 9:52 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/