९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडाैं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले मंसिर २३ गते द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ। सभाले प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा हालसम्म भएका सम्पूर्ण संशोधनहरुलाई समेटी, कम्पनी रजिष्ट्रारको कार्यालयमा तीन दस्तावेजहरुको ढोँचा अद्यावधिक गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : November 24, 2026 at 9:08 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/