५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

एमाले पर्यटन विभागको सचिवमा घनेन्द्र श्रेष्ठ


१८ असार, काठमाडाैँ । नेकपा (एमाले) केन्द्रीय पर्यटन प्रबर्द्धन तथा नागरिक उड्डयन विभागको सचिवमा अधिवक्ता घनेन्द्र श्रेष्ठ चयन भएका छन । केहीदिन अघि भएको विभागको बैठकले श्रेष्ठलाई सचिवमा चयन गरेको हो ।

बैठकले सातवटै प्रदेशका राजधानीमा पर्यटन विज्ञ, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालासँगको सहकार्य र सहभागितामा गोष्ठी आयोजना गर्ने निर्णय पनि गरेको छ ।

नेपालको पर्यटन व्यवसायको वर्तमान अवस्था, पर्यटन गन्तव्यस्थानको पहिचान तथा सम्भावित गन्तव्यस्थानहरुको अध्ययन अनुसन्धान गरी ठोस नीति निर्माणमा सहयोगी भूमिका निभाउने पहल गर्ने साथै पर्यटनका विभिन्न क्षेत्रहरुको अध्ययन गर्नलाई सदस्यहरुलाई उत्प्रेरित गरी पर्यटनक्षेत्रका चुनौतिहरु समाधानका उपायहरु खोजविन गर्न बैठकले निर्देशित गरेको सचिव श्रेष्ठले दैनिकीलाई जानकारी दिए ।

विनासकारी भुकम्पले धराशायी भएको नेपालको पर्यटनमा केहि मात्रामा पुर्नउत्थान भईरहेको समयमा कोभिढ १९ को महामारीले नेपालको पर्यटनमा गंभिर असर पुर्याएको छ । यस्तो गंभिर अवस्थामा पर्यटनक्षेत्रलाई पुर्नउत्थान गर्नलाई सवैपक्षले एकजुट भएर अगाडि बढ्नु पर्ने आवश्यकता छ ।

एमालेको पर्यटन विभागमा भीम प्रसाद आचार्य प्रमुख, भीमबहादुर केसी उपप्रमुख, घनेन्द्र श्रेष्ठ सचिव र सदस्यहरूमा कृष्णकुमार अर्याल, चेतनारायण पाण्डे, पुर्णबहादुर कुवँर, राजेन्द्र प्रसाद सापकोटा, रमेश कुवँर, बद्री अधिकारी, सुकुमाया लामा, लक्ष्मी कार्की, पुर्णबहादुर कुवँर, जया बराल, कृष्ण चौधरी, सञ्जीव गौत्तम, लंकबहादुर शाही, सुमन प्रसाद पराजुली, परमानन्द भण्डारी, बलिराम दाश, टिकाराम गुरुगं, सिताराम सापकोटा, विजय नेपाल, डा आलोक प्रसाई, गंगा आचार्य, सोनाम ग्यल्जेन शेर्पा, नरेश भट्टराई र सिर्जना शर्मा रहेका छन ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १८:३४