२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

टानमा विजयीलाई एमालेको बधाई ज्ञापन, चन्द्र रिजाल पनि पुगे (फोटोफिचर)


१ भदाै, काठमाडाैँ । पदयात्रा व्यवसायीहरूको संस्था ट्रेकिङ एजेन्सी एसोशियसन अफ नेपाल (टान)मा नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तर्फबाट विजयी भएकाहरूलाई एमालेले बधाई ज्ञापन गरेको छ । करिब १ घण्टा समय दिएर अध्यक्ष केपी शर्मा ओलीले बुधबार उनीहरूलाई विशेष सम्बोधन समेत गरे ।

टानमा एमाले निकटको पर्यटन व्यवसायी संगठनको तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई त्यस्तै सदस्यहरूमा सुवास भण्डारी र हेमबहादुर कार्की विजयी भएका छन । उनीहरूलाई बधाई दिँदै ओलीले व्यवसायीको हितमा काम गर्न निर्देशन दिए । सो अवसरमा संगठनको तर्फबाट संगठनको गतिबिधिको जानकारी गराउँदै चुनावको समयमा माओवादीको कित्तामा पुगेर एमालेको निर्णयको विरूद्धमा लाग्ने नेताहरूको बारेमा अध्यक्ष ओलीलाई जानकारी समेत दिइएको थियो ।

कार्यक्रममा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली, पोलिटब्यूरो सदस्य आनन्द पोखरेल, केन्द्रीय सदस्य विद्या भट्टराइ, उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँ लिम्बु, उपाध्यक्ष सिएन पाण्डे, पर्यटन विभागका सचिव घनेन्द्र श्रेष्ठ, राष्ट्रिय पर्यटन व्यवसयाी संगठनका अध्यक्ष पूर्ण कुँवर र पादधिकारीहरू पनि उपस्थित रहेका थिए ।

सो अवसरमा टानको निर्वाचनमा माओवादी निकटको कमल सापकोटा समूहको रात्री भोजमा पुगेर मत मागेका एमालेको विशेष प्रदेश कमिटीका उपसचिव चन्द्र रिजाल पनि पुगेका थिए । यद्यपी रिजालसँग बुधबार सीताराम सपकोटा र राजेन्द्र सापकोटा भने देखिएनन् । कमल सापकोटा समूहको चुनावी अभियानमा भने उनीहरू सँगै रहेका तस्बीरहरू सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार २१:१८