५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

टानको निर्वाचनमा भारी मतान्तरले निलहरि बास्तोलाको प्यानल नै विजयी (मतसहित)


३१ साउन, काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० को साउन ३० गते सम्पन्न निर्वाचनमा निलहरि बास्तोलाको समूह नै विजयी भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी केन्द्र समर्थित सिंगो प्यानल नै भारी मतान्तरमा विजयी भएको हो ।

मंगलबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा माओवादी समर्थित कमल सापकोटालाई ३५२ मतको भारी मतान्तरमा पराजित गर्दै निलहरि बास्तोला विजयी भएका छन । बास्तोलाले ६१६ मत प्राप्त गर्दा सापकोटाले २६४ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका बोधराज त्रिपाठीले ४४ मत प्राप्त गरेका छन ।

निर्वचनबाट वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्ष छिङ दोर्जी शेर्पा विजयी भएको प्रमुख निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले दैनिकीलाई जानकारी दिए ।

त्यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, सजना त्रिपाठी र कृष्णबहादुर परियार विजयी भएका छन । विजयी भएका सदस्य मध्येका परियार भने माओवादी समर्थित प्यानलका हुन उनले १० मतको अन्तरमा बास्तोला समूहका हेमबहादुर कार्कीलाई पराजित गरे । यद्यपी नव निर्वाचित अध्यक्ष बास्तोलाको प्रस्तावमा कार्की टानको कार्यसमितिमा मनोनित भएर गएराति नै सपथ खाएका छन ।

दाम्लो चुँडेर माओवादीमा पुगेका एमालेजनको हरिविजोग !

टानको यो निर्वाचनमा नेकपा एमालेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको निर्णयलाई चुनौति दिँदै माओवादीको क्याम्पमा पुगेकाहरूको हरिविजोग भएको छ ।

संगठनका पूर्व अध्यक्ष चन्द्र रिजाल, पूर्व उपाध्यक्ष सीताराम सापकोटा र वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र सापकोटा माओवादी निकटको कमलप्रसाद सापकोटा समूहमा पुगेर चुनावी गतिबिधिमा सक्रिय बनेको थियो । कमल सापकोटा बाहेक अन्यले टानको नेतृत्व गर्न नसक्ने दाबी गर्दै भाषण समेत गरेका थिए ।

टान निर्वाचनमा माओवादी निकटको कमलप्रसाद सापकोटा समूहमा मिसिन पुगेका नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका पूर्व अध्यक्ष चन्द्र रिजाल, पूर्व उपाध्यक्ष सीताराम सापकोटा र वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र सापकोटा ।

तर उनीहरूको सम्पूर्ण प्रयास खेर गएको छ । संगठनको आधाकारिक निर्णयलाई चुनौति दिँदै माओवादीमा पुगेकाहरू मध्ये सपाकोटाद्धय साधारण सदस्य समेत नरहनेगरी कारबाहीमा पर्दैछन । एमालेको नेतृत्वले संगठनको नेतृत्वलाई यस विषय निर्देशन नै दिइसकेको स्रोतले दैनिकीलाई जानकारी दियो । त्यस्तै रिजालमाथि कारबाहीको सिफारिस गर्न पनि निर्देशन दिएको बुझिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०६:२७