२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

भारतीयका लागि नेपाल स्वर्ग हो !

–अार पी गजुरेल

नाकाबन्दी पछि मोदी नेपाल आउन डराउँछन भन्ने कुरा २–४ दिन अघि देखिको उनका सुरक्षा जत्थाहरुको चर्तिकलाले देखाउँछ । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । कुनैपनि विदेशी नेपालको भ्रमणमा आउँदा त्यसको सुरक्षा सरकारले व्यवस्था गर्दछ र नेपालले पनि चार घेराको सुरक्षा त्यसैका लागि गरेको हो । कुटनीतिक रुपमा विश्वका विभिन्न अभ्यासहरुलाई हेर्ने हो भनेपनि भ्रमणका क्रममा आउने विशेष सुरक्षा बाहेकका जत्थाहरु स्वतन्त्र भूमिमा यसरी खुलेआम परेड खेलेको पाइदैन । मात्रिका प्रसाद कोइराला प्रधानमन्त्रि हुँदा कै झल्को दिने (भारतीय सेनाले नेपाली चेलीहरुको अस्मितामा आँच पु¥याउँने हर्कत गर्दा उल्टो केटीहरुले सेना जिस्काए भनेर ढाकछोप गर्ने) गरी हाम्रा संवेदनशील क्षेत्रमा भारतीय सेनाको खुला उपस्थितिले सुरक्षाको दृष्टिले हाम्रो असफलतालाई उदाङ्गो पार्ने कार्य गरेको देखिन्छ भने यसमा नीहित उनीहरुको गुह्य योजनाहरुलाई समेत आँकलन गर्न सकिन्छ ।

विगतमा पनि भारतीय भिआपीहरु गोप्य रुपमा मनाङ, मुस्ताङ, डोल्पा लगायतका क्षेत्रहरुको गुम्बामा सुटुक्क आउने जाने र देश विरोधी तथा चिनीया विरोधी गतिविधिमा मलजल गर्ने कार्य गरेको विभिन्न अध्ययनले खुलासा गरेको पाइन्छ । RAW नामको अपराधिक समूहले खुलेआम नेपालीहरुको हत्या गरी हाम्रा अनुसन्धानका फाइलहरु जलाइएको र कुत्त्तेका खजनाको नाममा नेपालमा अरबौं लगानी गरी आफ्ना अनुकूलका ठेकदारहरुको निर्माण गर्ने कुराहरु विभिन्न अनुसन्धानात्मक लेख मार्फत उदाङ्गो भएकै छ ।

खुला सीमाका कारण उसका खुला छोडिएका सिकारी कुकुरहरुले सीमाको जनजीवन आक्रान्त छ । त्यत्रो ठूलो देशले केही विगा जग्गामा जो हामीले उसलाई दिएका छौं र पनि आँखा गाड्छ भने उनीहरुको नियत स्पष्ट छ । कुनैपनि भारतीय अमेरिकाको राजदुत हुनभन्दा नेपालको राजदूत हुन मरिमेट्छन्, अमेरिकामा उसको र राष्ट्रपतिको भेट सायद ३ पटक हुन्छ, ओहोदाको आदानप्रदान भन्दा ठूलो हैसियत उसले राख्दैन, नेपालका राष्ट्र प्रमूखहरु समेत उसले मुठीमा राख्न सक्छ अरबौं लगानी विना लेखापरीक्षण गर्न सक्छ । त्यसैले उनीहरुका लागि नेपाल स्वर्ग हो । नेहरु हिमालयन सिद्धान्तको आसपास उनीहरु अझै आफूलाई उभ्याउने कुचेष्टा गर्छन ।

नेपालमा सुनिएको विरोधी स्वरहरुलाई मोदीले तिर्थाटनका नाममा केही मिठा शब्दजालले नाकाबन्दीलाई समेत भूल्ने गरी उठाउँछन् आखिर उसले जानेको नै त्यही हो । चालिस करोड भोकभोकै मर्ने भारतमा धार्मीक रुपले यिनी वशिभूत हुने भए बाक्लिँदै गरेको गंगा र उनका तिर्थहरुको सुन्दरतामा लाग्थे होला । किसानको हितमा काम गर्थे होला, आदिवासीहरुको आवजलाई सम्बोधन गरेर नक्सल समस्या समाधानमा केन्द्रीत हुन्थे होला । दिल्ली चाडैँ पानीको अभावमा मरभूमीकरण हुँदैछ । त्यसैले उनको चासो नेपालको खोलाहरुलाई नेपालीले उपयोग गर्लाकी भन्ने हो । विद्युतमा आफैँ लगानी गरेर आत्मनिर्भरता बढाउँछ की भन्ने हो ।

तराईमा उत्पादन गरे देशले उपभोग गर्ने सम्पूर्ण कुराहरु पु¥याउँन सक्ने अवस्थामा तराई–पहाड–हिमाल मिलेर आत्मनिर्भरतामा अगाडि बढ्ला की भन्ने हो । त्यो भाषा, जीवन, संस्कृति र जनजीविकाको सामिप्यता भएको क्षेत्रमा सरकारको उपस्थिती भई आफ्नो अपराधिक नियोग बन्द होला र आफ्नो नाजायज क्रिडाहरु उदाङ्गो होला र शान्ति होला की भन्ने चिन्ता हो । यसैका लागि मोदीले ठूलो शब्दजाल विच्छाउनेछन र धार्मीक संवेदनशीलतामा खेल्नेछन् । उसकै स्वायत्त आर्थिक, सामाजिक तथा राजनीतिक प्रशासनको रुपमा देशलाई प्रस्तुत गर्नु कदाचित राष्ट्रियता होइन होला । भुटानको आजको अवस्थाबाट पनि नेपालले सिके हुन्छ । सिक्किम त पुरानो कथा हो ।

भारत पनि आफ्नै मौलिक सामथ्र्यले स्वतन्त्र भएको छ । उसले पनि देश विभाजनको ठूलो पीडा भोगेको छ । त्यसप्रति हाम्रो सहानुभूति छ । उसले आफ्नो शक्तिलाई छिमेकीको केही विगाहा जमिन र अर्थतन्त्र तथा राजनीतिमा प्रभाव पार्ने मनसुवा प्रति हाम्रो खेद छ । भारतीय शासकको नियत बुझ्न अब केही बाँकी रहेन । भारतीय जनताका अथक प्रयास र बहादुरीले स्वतन्त्र तुल्याइएको भारतको मुखाकृतिमा उसले नराम्रो खकार, सिगाँन र रगतयुक्त थुक थुकेको छ । उसले आफ्नो गौरबलाई बेश्यालयमा थुनेको छ । उसले आफ्नो तत्कालीक सिक्कीमिकरण र भुटानीकरणका आशयलाई बढो सुस्पष्ट अनुमोदन गरेको छ ।

नेहरुको हिमालयन सिद्धान्तलाई बढो मिहिन ढंगले सिलसिलेवार अनुमोदन गरेको छ । अब हामीले यती हुँदा पनि केही नसिक्नु कत्रो नादानी हो । हामीले अब आत्मनिर्भर हुने अर्थतन्त्रको विकास गर्नै पर्छ । विद्युत उत्पादन, सीमा व्यवस्थापन, र निर्यात बजारको सिर्जना गर्नै पर्छ । भारतका उत्तरी क्षेत्रमा आन्तरिक समस्याले आवजाउ र आयत समस्या हुने भएमा पनि त हामीले आफ्नो देशलाई उपभोगबाट बञ्चित तुल्याउन मिल्दैन । यस्तो अवस्थामा समेतलाई पनि बिकल्पहरु तयार गर्नु पथ्र्यो ? टर्किस कवि हिम्मत रानले भने झैं आखिर यो अन्धकार चिर्न हामी अझै जुनकीरि बनेनौं भने आखिर कसले गर्छ ?

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १६:५०