२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

कति पर्छ सुनको असर्फी र मेडालियनको ?

१९ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा आजदेखि सर्वसाधारणलाई बेच्न सुरु गरेको सुनको असर्फीको मूल्य निर्धारण गरिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २.५ ग्राम सुनको असर्फीको मूल्य प्रतिथान ६५ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

 यस्तै १० ग्राम मेडालियनको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बिहीबार र शुक्रबार बेच्नेछ ।

प्रकाशित मिति : November 5, 2026 at 11:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/