२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

सिँचाइ आयोजनाहरूको निर्माण कार्यमा ८८ प्रतिशत खर्च

१९ कात्तिक, काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूले गरेको खर्च विवरण सार्वजनिक गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले जानकारी दिए ।

उनका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ । आयोजनाले रु. ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो। महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताए । यी चार ठूला आयोजनाले मात्र रु. १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो ।

विभागका अनुसार प्रगन्ना–बड्कापथ (दाङ) ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शत प्रतिशत लक्ष्य पूरा गरेका छन् । तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउने प्राथमिकताका साथ काम भइरहेको महानिर्देशक रजौरियाले जानकारी दिए ।

प्रकाशित मिति : November 5, 2026 at 11:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/