दुई लघुवित्त र एक हाइड्रो कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?
१६ कात्तिक, काठमाडौं । दुई लघुवित्त र एक हाइड्रो कम्पनीले लाभांश घोषणा गरेका छन् । आरएसडीसी लघुवित्त, हिमालयन लघुवित्त र मकर जितुमाया सुरी हाइड्रोले गत आवको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।
आरएसडीसी लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.४० प्रतिशत नगल लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको छ । त्यस्तै हिमालयन लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेकाे छ ।
यी दुबै लघुवित्तले घोषणा गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने छन् । त्यसैगरी मकर जितुमाया सुरी हाइड्रोले १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले लाभांश पाउने छन् ।
प्रकाशित मिति : November 2, 2026 at 2:25 pm










