७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

खोटाङमा हेलिकप्टर दुर्घटना

४ चैत, काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटनामा भएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो । हेलिकप्टर दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : March 18, 2026 at 12:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/