दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्यो कारण देखाउ आदेश
२ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लाई झिकाउने आदेश गरेको छ ।

कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो । त्यस निर्णयविरूद्ध कार्कीले आफूलाई पुनर्बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए। त्यसमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश पौडेलले आदेश जारी गरेका हुन्।
प्रकाशित मिति : November 18, 2026 at 3:29 pm













