सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
२ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। आज एकैदिन सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पुन घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति : November 18, 2026 at 11:02 am













