३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। आज एकैदिन सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पुन घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : November 18, 2026 at 11:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/