३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

लाभांश प्रस्ताव पारित गर्न सोनापुर मिनरल्सले बोलायो साधारण सभा

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २३ गते १९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा होटल माला इन, घोराही उपमहानगरपालिका वडा नं. १५, दाङ्गमा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बाेनस र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत गरी कुल ५.२६३ प्रतिशतनगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : November 18, 2026 at 10:23 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/