४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

भीमफेदीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । मकवानपुर, भीमफेदी गाउँपालिका –०१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।आज बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए । घाइते अवस्थामा १० जनालाई हेटौंडा अस्पताल पठाइएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा तीन जनालाई मृत घोषणा गरेको हो। अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो। उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : November 19, 2026 at 10:23 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/