४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा १२ दिन विद्युत अवरूद्ध हुने

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आजदेखि मंसिर १४ गतेसम्म विद्युत अवरूद्ध हुने भएको छ। विद्युत प्राधिकरणले सूचना जारी गर्दै विभिन्न ठाउँमा फरक-फरक मितिमा विद्युत अवरूद्ध हुने जानकारी दिएको हो।

प्राधिकरणका अनसार कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका प्रसारण लाइनमा विद्युतीय तार भूमिगत गर्नका लागि फरक फरक मितिमा फरक फरक ठाउँमा विद्युत सेवा अवरूद्ध हुने छ । सो कामका लागि बिहान साढे १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

बिहीबार बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ। शुक्रबार धोबोखोला र बत्तीसपुतली क्षेत्रको लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म विद्युत अवरूद्ध हुनेछ। त्यस्तै शनिबार स्युचाटार पुल आसपास, आइतबार बल्खु खोला पुल र नैकाप क्षेत्रमा, सोमबार कोटेश्वर र इमाडोल क्षेत्रमा विद्युत अवरूद्ध हुन्छ।

मंसिर ८ गते बल्खु खोला पुल र नैकाप, ९ गते कोटेश्वर क्षेत्रमा, १० गते धोबीखोला/बत्तीसपुतली क्षेत्रमा, ११ गते बलम्बु/थानकोट सब-स्टेसनको सतुंगलदेखि ढुंगे अड्डासम्म, १२ गते कोटेश्वर क्षेत्र, १३ गते थानकोक्षट र १४ गेत धोबीखोला/बत्तीसपुतली क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : November 19, 2026 at 10:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/