लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा
३ मंसिर, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र बोनस सेयर वितरणपश्चात कायम चुक्तापूँजीमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे छ।
कम्पनीले मंसिर २७ गते आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा २२ औँ वार्षिक साधारण सभा बाेलाएकाे हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १२.७०६ प्रतिशतका दरले बोनस सेयर, सोको कर प्रयोजनार्थ ०.६६९ प्रतिशत नगद लाभांश र बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.७७४५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले हकप्रद सेयर जारी बापत प्राप्त रकमको प्रयोजन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : November 19, 2026 at 9:48 am













