सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच ?
३ मंसिर, काठमाडौं । बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति : November 19, 2026 at 11:05 am













