४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच ?

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : November 19, 2026 at 11:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/