४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । यस दिन नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको ९४ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहिबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । बोटलर्स नेपालको सेयरमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत बढेको छ। एभरेष्ट कलर लिमिटेडको सेयरमूल्य यस दिन सर्वाधिक ५.४५ प्रतिशत घटेको छ।

यस दिन एनआईसी एशिया बैंककाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : November 19, 2026 at 3:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/