४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक, कुनको बीमा शुल्क कति ?

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको विवरण समेटेर विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणले उक्त विवरण बीमा ऐन, २०७९ को दफा ११ को प्रयोजनका लागि प्रकाशित गरेको जनाएको छ । सार्वजनिक विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी, कुल बीमाशुल्क, दाबी भुक्तानी संख्या तथा दाबी भुक्तानी रकमसम्बन्धी तथ्यांक समावेश गरिएको छ ।

प्रकाशित मिति : November 19, 2026 at 2:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/