अब मेरो सेयरमै उपलब्ध हुने भयो आईपीओ, बोनस र ‘लक-इन’को सूचना
३ मंसिर, काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले पूँजी बजारमा लगानीकर्ताको सूचनामा पहुँचलाई थप सहज, एकीकृत र पारदर्शी बनाउने उद्देश्यले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। अब निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक (मर्चेन्ट बैंक) तथा सेयर रजिस्ट्रारहरूले सी-आस्वा (C-ASBA) प्रणाली प्रयोग गरी सार्वजनिक निष्कासन तथा विभिन्न कर्पोरेट सूचनाहरू सिधै ‘मेरो शेयर’ (Mero Share) प्लेटफर्ममा प्रकाशित गर्न सक्ने भएका छन्।

याे व्यवस्थासँगै अब प्राथमिक सेयर (आईपीओ), हकप्रद सेयर, बोनस सेयर, लाभांश वितरण, ऋणपत्र फिर्ता (Redemption) तथा संस्थापक सेयरको ‘लक-इन’ (Lock-in) सम्बन्धी सम्पूर्ण विवरणहरू लगानीकर्ताले सिधै मेरो सेयरमार्फत हेर्न पाउनेछन्।
प्रकाशित मिति : November 19, 2026 at 2:00 pm











