४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका निलम्बन र प्रतिबन्ध हटाउने निर्णय गरेको हो । राखेपका सदस्य सचिव रामचरित्र मेहताले बिहीबार पत्र पठाउँदै एन्फामाथिको निलम्बन फुकुवा भएको जानकारी दिएका छन् ।

राखेपले एन्फालाई पठाएको पत्रमा यसअघि विभिन्न सञ्चारमार्फत लगाइएको निलम्बन तथा प्रतिबन्ध र एन्फाले २०८३ वैशाख ५ गते पत्रमार्फत गरेको अनुरोधलाई समेत आधार मानेर निलम्बन फुकुवा गर्ने निर्णय गरिएको उल्लेख छ । पत्रमा एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्धसहित सम्पूर्ण निलम्बन र प्रतिबन्ध हटाइएको जनाइएको छ । यो निर्णय पत्र कात्तिक २८ गतेदेखि लागू हुने राखेपले स्पष्ट पारेको छ । राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ बमोजिम निलम्बन फुकुवाको निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : November 19, 2026 at 12:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/