४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

भीमफेदी जिप दुर्घटना अपडेटः मृतक र घाइते सबैको पहिचान खुल्यो

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जना र घाइते सात जनाको पहिचान खुलेको छ । मकवापनुर प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका-४ की २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र सोही ठाउँकी २५ वर्षीया अनुसा लामा रहेका छन् ।

दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् । घाइते कालुमान लोप्चन जिप चालक समेत हुन् । आज बिहान हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो गाडी सडकबाट करिब २०/२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति : November 19, 2026 at 11:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/