धौलागिरी लघुवित्तको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त
५ भदौ, काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त हुनुभएको छ । भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाललाई संस्थाको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाललाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी आगामी साधारण सभाबाट अनुमोदन गर्नेगरी सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार ११:२९












