१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

शतप्रतिशत प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै स्वाभिमान लघुवित्त

१३ कात्तिक, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको साधारणसभा आगामी मंसिर १४ गते आयोजना हुनेछ।

सभामा हाल कायम चुक्तापुँजीको १०० प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ। प्रस्तावअनुसार कायम सेयरधनीले आफूसँग रहेको प्रत्येक १ कित्ता सेयरबराबर थप १ कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन्।स्वाभिमान लघुवित्तको हाल चुक्तापुँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद सेयर पूर्ण रुपमा बिक्री भएपछि संस्थाको चुक्तापुँजी बढेर करिब ३० करोड ६८ लाख ९० हजार रुपैयाँ पुग्नेछ।

यद्यपि हकप्रद निष्कासनका लागि साधारणसभाबाट प्रस्ताव पारित भएपछि सम्बन्धित नियामक निकायको स्वीकृतिसहित आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार बुक क्लोज हुनुअघिसम्म कायम योग्य सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन्।

प्रकाशित मिति : October 30, 2026 at 3:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/