१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नेरुडे मिर्मिरे लघुवित्तको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

https://www.muktinathbank.com.np/online/loan-application

१३ कात्तिक, काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनी सञ्जयकुमार श्रेष्ठको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक विवरणसहित लिखित रूपमा जानकारी गराउन सक्नेछन् । यसका लागि संस्थाको कर्पोरेट कार्यालय मध्यपुर थिमी नगरपालिका–१, लोकन्थली, भक्तपुरमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुनबमोजिम बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : October 30, 2026 at 10:36 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/