१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

एनआईसी एशिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न

१८ जेठ, काठमाडाैं । एनआईसी एशिया लघुवित्तले आव २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी गरि ४ प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यहि जेठ १३ देखि १६ गतेसम्म होटल विनायक र होटल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको थियो ।

कार्यक्रममा कर्पोरेट कार्यालय,प्रदेश कार्यालय, शाखा कार्यालय समेतका १६९ जना कर्मचारीको सहभागिता रहेको थियो भने संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेश बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे लगायतले चालु आवको समीक्षा गर्दै आगामी आवमा संस्थाले गर्ने कामका सन्दर्भमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कर्मचारीको वृत्ति विकास, शाखा सञ्चालन, राष्ट्र बैंकबाट जारी निर्देशन र सोको कार्यान्वयन, आगामी आ.व. का लक्ष्य तथा बजेट लगायतका विषयमा गहन छलफल चलेको थियो । साथै, सूर्य ज्योती लाईफ इन्स्योरेन्स कम्पनी, कर्पोरेट सेल्स बिभागका कर्मचारीद्वय सरु घिमिरे र बिकेश बज्रचार्यले बीमा दाबीसम्बन्धी जानकारी प्रदान गरेका थिए ।

प्रकाशित मिति : June 1, 2025 at 2:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/