राष्ट्रिय ध्वजाबाहकलाई माफिया षड्यन्त्रको दुष्चक्रबाट मुक्त गर्न सकिन्छ कि सकिँदैन ?
–सूर्य थापा
पूर्ववर्ती नेकपा(एमाले) बाट देशमा ९ जना पर्यटन मन्त्री भएकाे पाइन्छ- १) भीम रावल (राज्यमन्त्री र मन्त्री), २) सलिममियाँ अन्सारी (दिवगंत), ३) पृथ्वीसुब्बा गुरूङ, ४) प्रदीप ज्ञवाली, ५) भीम अाचार्य ६) दीपक अमात्य ७) कृपा सूर शेर्पा ८) अानन्द पाेखरेल र ९) रविन्द्र अधिकारी ।
नेकपा (माले) बाट २०५५/५६ मा १) यामलाल कँडेल तथा पूर्ववर्ती माअाेवादी धारबाट विभिन्न समयमा १) हिसिला यमी भट्टराई, २) खड्गबहादुर विह्वकर्मा ३) लाेकेन्द्र बिष्ट मगर र ४) रामकुमार श्रेष्ठ गरी ५ जना । रावललाई चाइना साउथवेष्ट भाडा प्रकरण र कँडेललाई चेज एयर काण्डमा लेखासमिति र अख्तियार तथा तारिणीदत्त चटाैतलाई धमिजा काण्डमा बात् लाग्ने/लगाउने प्रपञ्चहरू भए !
तिनमा कति राजनीति गर्न र प्रतिशाेध साँध्न त कति व्यक्तिलाई तेजाेवध गर्नका रचिएका चक्रव्यूह थिए । सायद हिसिलाकाे पालामा अाइपुग्दा उपहार/खरिदमार्फत कमसल गुणस्तरका चिनियाँ जहाज सेताे हात्तीका रूपमा सकारियाे, जसले निगम डुबाउन महत्वपूर्ण याेगदान गरिरहेका छन् ! सुगत कंसाकार नै यसअघि बाेइङ कम्पनीलाई पठाएकाे बैना डुबेर जेल सजाय भाेगिसकेका पात्र हुन । पछि उनले अदालतबाट सफाइ लिनसकेकाे घटनालाई दुनियाँले बिर्सिएकाे छैन । वाइडबडी प्रकरणमा जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र रविन्द्र अधिकारीलाई मुछेर लेखा समिति अन्तर्गतकाे उपसमितिले ५९ पृष्ठ लामाे प्रतिवेदन सार्वजनिक रूपमा समितिसमक्ष बुझाएकाे छ ।
लेखा समिति, संसद, सरकार र अख्तियारले गर्ने निर्णय, गर्ने अनुसन्धान, तहकिकात र चाल्ने कदमले नै यस प्रकरणकाे सही टुंगाे लाग्ने निश्चित छ । महालेखा परीक्षककाे ५५अाैं प्रतिवेदनले वाइडबडी खरिद प्रक्रियामा अनियमितता भएकाे उल्लेख गरिसकेकाे परिप्रेक्ष्यमा लेखा समितिले छानविनलाई तार्किक निष्कर्षमा पु-याउनुपर्ने त छँदैछ । सँगसँगै सरकार र अख्तियारकाे भूमिकालाई समेत नागरिकले बडाे नजिकबाट हेरिरहेकाे स्थिति छ ।
उल्लिखित सन्दर्भमा ध्यान दिनैपर्ने अहं प्रश्न हाे- नेपालकाे हवाई तथा नागरिक उड्डयन क्षेत्रलाई अनेकन् काण्ड मच्चाउदै राष्ट्रिय ध्वजाबाहकलाई नै बर्बाद पारिरहेकाे माफिया षड्यन्त्रको दुष्चक्रबाट मुक्त गर्न सकिन्छ कि सकिँदैन ? माफियामुक्त हवाई क्षेत्र सुनिश्चित गरेर देखाउनुमा नै अाज यस्ता हरेक निकाय र व्यक्तिकाे खास याेग्यता परीक्षण भइरहेकाे छ ।
काेही मिस्गाइड नहाेअाैं र कसैलाई मिस्गाइड नगराैं ! माफियाकाे काम त कालाेलाई सेताे र सेताेलाई हरियाे बनाउनु र भनाउनु नै हाे । खासमा माफियाकाे कुनै देश, जाति, धर्म, वर्ग, पार्टी र मित्र भन्ने हुँदैन । इमान्दारलाई बदनाम र भ्रष्ट्रलाई संरक्षण गरी व्यक्ति, संस्था र देश दाेहन गरेर र डुबाएर अकूत अार्जन गर्न नै माफिया संजाल सक्रिय र चलायमान रहेकाे हुन्छ ।
अाफ्नाे पक्षमा राैं बराबर अबराेध गर्नेलाई समाप्त पार्न माफियाले सदैव शिकारकाे खाेजी गरिरहेकै हुन्छ र छ भन्ने हेक्का राजनीति गर्नेहरूले राख्न जरूरी हुन्छ । सार्वजनिक खरिद, सुन तस्करी, जहाज खरिद वा भाडा लिंदा माफियाले खेल्ने खेल भयानक हुन्छन् । तिनकाे डरलाग्दाे पासाेमा पर्नबाट जाेगिने काम सबभन्दा पहिले जिम्मेवार व्यक्ति र पदाधिकारीले नै गर्न सक्नुपर्दछ ।
नेपाल प्रहरीका सबैजसाे पूर्व महानिरीक्षकहरूले माफियाकै जालाे छिचाेल्न नसकेर जिन्दगीकाे अाखिरी समय कसरी गुजारिरहनु परेकाे छ ? यस देशका हरेक जिम्मेवार व्यक्ति सचेत हुनु अावश्यक छ !
(तत्कालीन नेकपा एमालेको पर्यटन प्रवर्द्धन विभागको प्रमुख रहेका थापा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य छन ।)
प्रकाशित मिति : २३ पुष २०७५, सोमबार ११:५६