महिला लघुवित्तले लाभांश नदिने, सेयरधनीहरुको हात खाली
२६ पुस, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीले लाभांश नदिने निर्णय गरेसँगै गत आर्थिक बर्षका लागि सेयरधनीहरुको हात खाली हुने भएको छ ।
पुस २५ गते बसेको कम्पनीको बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैठकले कम्पनीको आर्थिक बर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरु स्वीकृत गरी २०८१ असार मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव २०८०/८१ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १४:४०