४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

इन्फिनिटी लघुवित्तले सेयरधनीलाई बनायो निराश, याे वर्ष लाभांश नदिने

४ पुस, काठमाडौँ । इन्फिनिटी लघुवित्तले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । लघुवित्तले पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ का लागि कुनैपनि लाभांश नदिने र सोही बमोजिम वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । लघुवित्तले लाभांश वितरण नगर्ने भएपछि सेयरधनी निराश बनेका छन् ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७८र७९ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १६:२८