१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024

साना किसान विकास लघुवित्तद्धारा लाभांश घोषणा

१७ मंसिर, काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर १६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजार्थ ०.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त प्रस्तावित लाभांश वितरण हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १२:५८