७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लाभांश पारित गर्न गुराँस लघुवित्तले बोलायो साधारण सभा

८ असाेज, काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्न  साधारण सभा बोलाएकाे छ । कम्पनीले नवौं वार्षिक साधारण सभा असोज २९ गतेका लागि बोलाएको हाे । साधारण सभा होटल कान्जिरोवा धनकुटामा बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, साधारण सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

लघुवित्तले साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुकक्लोज गर्ने भएको हुँदा असोज १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित मिति : September 24, 2024 at 11:33 am