१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लघुवित्तको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने

११ साउन,काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरलाई प्रोत्साहान गर्ने भएकाे छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने जनाइएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजानिक गर्दै लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने बताएका हुन् ।

लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्क सम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने नीतिमा उल्लेख छ। अहिले लघुवित्त कम्पनीहरुले कर्जामा अधिकतम १५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउछन्।

dainiki.com

यस्तै परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिनेछ । कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने छ ।

यस बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुमा NFRS लागु गर्न आवश्यक व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : July 26, 2024 at 1:17 pm