७ असार २०८३, आइतबार | Mon Jun 22 2026

जनउत्थान सामुदायिक लघुवित्तले बाेलायाे साधारण सभा

५ चैत, काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी चैत ३० गते  १३ औं वार्षिक साधारण सभा बाेलाएकाे हाे । सभा रुपेन्देहीमा रहेको होटल न्यू ईरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा लाभांशको कुनै पनि एजेण्डा पेश हुने छैन । उक्त सभामा अन्य कुनै लघुवित्तलाई एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनुका साथै संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीको तर्फबाट ३ र सर्वसाधारण सेयरधनीको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ चैत २१ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहने सेयरधनीले मात्र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : March 18, 2024 at 10:18 am