मन्त्रालयगत समिक्षा बैठक ५, ६ र ८ मंसिर तथा अन्तरप्रदेश परिषद बैठक २३ मंसिरमा बस्ने
३० कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक ५, ६ र ८ गते मन्त्रालयगत समिक्षा बैठक बाेलाएका छन् । चालू आर्थिक बर्षको चार महिनाको समिक्षाका लागि प्रधानमन्त्री ओलीले चार ओटा समुहमा बिभाजन गरी मन्त्रालयगत समिक्षा बैठक बाेलाएका हुन् ।
मन्त्रालयबाट अहिलेसम्म भएका कामका समिक्षा, प्रगति विवरण र बिकाश खर्चबारे समिक्षा गरिने र सवैको प्रतिवेदन सुनेपछि प्रधानमन्त्रीले थप निर्देशन दिईने बताइएकाे छ । प्रधानमन्त्री कार्यालयले सवै मन्त्रालयलाई चार समुहमा बिभाजन गरिएको पनि जनाएकाे छ ।
प्रधानमन्त्री ओलीले मंसिर २३ गते मुख्यमन्त्रीहरू संलग्न अन्तरप्रदेश परिषद्को बैठक समेत बाेलाएका छन् । प्रधानमन्त्री अाफैँ अध्यक्ष रहने परिषदमा संघीय सरकारका गृहमन्त्री, अर्थमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहेका छन ।
प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १०:३०